काठमाडौं । क्षति भएको लामो समयपछि नयाँ संरचना र थप सुविधासहित कोटेश्वरको भाटभटेनी सुपरस्टोर पुनः संचालनमा आएको छ ।
आन्दोलनका कारण क्षति भएको सुपरस्टोर शनिबारदेखि सञ्चालनमा आएको हो ।
सुपरस्टोरले जनाएको छ, ‘नयाँ संरचना र थप सुविधासहित, दैनिक आवश्यकतादेखि लिएर विविध सामग्रीसम्म सहज र विश्वसनीय किनमेलको अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौँ।’
सो अवसरमा सुपरस्टोरका संचालक मीन बहादुर गुरुङले नेपाल र नेपालीको उन्नतिका लागि सबैले मिलेर इमान्दारितका साथ काम गरौं भनेर प्रार्थना गरेका छन् ।






















