काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा साढे ९ हजारले बढेको छ ।
मूल्य बढेर सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ५०१० रुपैयाँमा पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४७१० रुपैयाँ रहेको थियो ।






















