Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि बजेट व्यवस्था गर्छः प्रधानमन्त्री कार्की

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएकी छन् । सिंहदरबारमा सरोकारवालाहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाएकी हुन् ।

उले दुःखी, गरिब, विपन्न वर्ग लगायतलाई सेवा दिने पवित्र उद्देश्य राखेर बीमा कार्यक्रम अगाडि बढाउनुपर्ने भन्दै यसको कडा नियमन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले अर्थमन्त्री बाहिर जिल्लामा रहेको धारणा राख्दै अर्थमन्त्री काठमाडौं आउनासाथ छलफल गरेर एक निष्कर्ष निकालिने बताइन् ।

जनताले सरकारलाई बीमाबापत ३५०० तिरिसकेको र उनीहरुको दायित्व सरकारले लिने प्रधानमन्त्री कार्कीको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले लथालिंग अवस्था एवं कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउनुपर्ने मान्छेले केही नपाउने हिसाबले अगाडि बढ्न नसकिने बताएकी छन् । बीमा कार्यक्रमलाई छाडारुपमा छोड्न नहुने भन्दै उनले एकद्धार प्रणालीबाट जाने विषय उठाएकी छन् ।

Health Tips Ad Road Block