काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले “स्नो रिभर्स“ लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)का लागि स्वीकृति प्रदान गरेको छ । बोर्डले आइतबार कम्पनीलाई सार्वजनिक शेयर निष्काशनका लागि अनुमति दिएको हो । त्यसअनुसार स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ । यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ ।
यस आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले छिट्टै शेयर निष्काशनको समय तालिका सार्वजनिक हुनेछ ।
प्रचलित नियम अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर छुट्ट्याउने छ । यी दुई समूहलाई शेयर बाँडफाँट गरिसकेपछि मात्र आम सर्वसाधारणका लागि आवेदन खुला हुनेछ ।





















