skip this News Page Tips Ad Road Block

भारत र चीनमा वस्तु बेच्ने योजनासहित पार्टीका घोषणापत्र आउनुपर्दछः बैंकर माधवप्रसाद उपाध्याय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडो. । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा सुझाव दिँदै उपाध्यायले चीन र भारतको जनसंख्याले खपत गर्ने सेवा र वस्तु उत्पादन गरी निर्यात गर्ने योजनासहित घोषणापत्र तयार गर्नुपर्ने बताएका हुन् ।

‘पाँच करोड ८० लाख निक्षेप खाता छन् । यसमा दोहोरिएका पनि हुन सक्छन्, यी निक्षेपकर्ताको निक्षेपलाई असर पुग्ने गतिविधि हुन हुँदैन, बैंककिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सबैको प्राथमिकता हुनुपर्छ,’ उपाध्यायले भने, ‘भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणा पत्रमा समेट्नुपर्छ ।’

Health Tips Ad Road Block