Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंमा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण सुरुः वृद्धहरुको तथ्यगत अवस्था बुझ्न सुनिता डंगोल घरघरमा

घरदैलोमा स्वास्थ्यकर्मी के गर्छन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडाहरुमा स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन आवश्यक पर्ने तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो ।

जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् । तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो । शहरका कतिपय घरहरुमा शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न सकिरहनुभएको छैन ।

फिल्डमा खटिने स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न तथा ज्येष्ठ नागरिकहरुको आवश्यकता र आवाज बुझ्न कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार वडा नं. ३१ र २७ मा पुगेकी थिइन् । त्यसक्रममा अशक्त ज्येष्ठ नागरिक र परिवारसँग उनीहरुका चाहना, अपेक्षा र आवश्यकता सोधेकी थिइन् । त्यसपछिको प्रतिक्रियामा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘यो स्वास्थ्यको मात्र विषय होइन । सामाजिक विषय पनि हो । आफैँ उपचारका लागि जान नसक्ने बुबाआमाको सम्पर्कमा स्वास्थ्यकर्मी पठाएर उपचार र परामर्श सेवा दिन्छौँ । अहिलेको सर्वेक्षणले हामीलाई ज्येष्ठ नागरिकहरु कस्ता रोगसँग जुधिरहनुभएको छ ? कस्ता औषधि सेवन गर्नुहुन्छ ? कस्तो खालको सहयोग चाहिन्छ ? भन्ने विषयमा तथ्य उपलब्ध गराउँछ । यसरी प्राप्त हुने तथ्यले आगामी वर्षका लागि तर्जुमा गरिने नीति, योजना तथा कार्यक्रम वास्तविक हुनेछन् ।’

ज्येष्ठ नागरिकको घरमा कार्यवाहक प्रमुखका साथमै गएका वडाध्यक्षहरु सरोज ढकाल र योगेश खड्गीले हरेक नागरिकका ढोकामा पुगेर दुःख सुख सोध्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताए । ‘वडाबासी हरेकका घरमा पुग्नेछौँ । उहाँहरुका परिवारमा हुनुभएका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था अभिलेख गर्नेछौँ ।’ कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्ने विषयमा उनीहरुको समान मत छ ।
ज्येष्ठ नागरिक र परिवारका कुरा

बानेश्वर बस्ने ७९ वर्षीय श्रीहरि अर्याल आफ्नी ७८ वर्षिया अशक्त श्रीमति जननी अर्यालको हेरचाह गर्छन् । उनीहरुको घरमा कार्यवाहक प्रमुख र वडाध्यक्ष स्वास्थ्यकर्मी सँगै लिएर पुग्दा हर्ष माने । हर्षसाथ कुरा गर्दागर्दै उनीहरुमा भावुकता प्रकट हुन्थ्यो । मनको कुरा बिसाउँदै उनले भने, ‘सन्तान विदेशमा छन् । अब हामीलाई तपाईँहरुले नै हेर्ने हो ।’

दैनिक जीवनका कुरा सुनाउँदै अर्यालले भने, ‘बुढाले बुढी हेर्ने, बुढीले बुढो हेर्ने ।’ श्रीमतिलाई देखाउँदै उनले भने, ‘६ पटक त मेजर अपरेसन भइसक्यो । बेलाबेला होस नै हुँदैन । बेलुका भएपछि अस्पतालबाट मलाई घर लैजाओ भन्छिन् ।’ आफ्ना बारेमा जानकारी दिँदै जननीले भनिन्, ‘मलाई भएभरका सबै रोग छन् ।’ स्वास्थ्यकर्मीसँग कुरा गर्दै भनिन्, ‘दिशापिसा अडिँदैन । खुट्टा टेकिँदैनन् । निको बनाउन जे जे जाँच्नुपर्छ, सबै जाँच्नु ।’ उनीहरुका सन्तान विदेशमा छन् ।

यता महावौद्धका ७७ वर्षीय अनन्तप्रसाद लाकोल पक्षघातका कारण ओछ्यानमै छन् । उनको ६४ वर्षीय श्रीमति मीना लाकोलले भनिन्, ‘आफ्नालाई देख्दा चिने जस्तो लागेर होला, एकोहोरो हेरिरहनु हुन्छ ।’ उहाँलाई रोग लागेको १० वर्षजति भयो । थला परेको ५ वर्ष भयो ।

घरदैलोमा स्वास्थ्यकर्मी के गर्छन् ?

फिल्डमा स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्सलगायत जाँच गर्छन् । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा जानकारी लिन्छन्। खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा सोधखोज गर्छन् ।

आवश्यकताका आधारमा तत्काल आधारभूत उपचार गर्न स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज, क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट उनीहरुकै साथमा हुन्छ । यस्तै पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि साथमै लिएर गएका हुन्छन् ।

Health Tips Ad Road Block