काठमाडौं । आज सुनको मूल्य घटेर तोलाको ३ लाखमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारको तुलनामा मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो ।
शुक्रबार ३ लाख १८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेर तोलाको ५५ सय रुपैयाँ पर्दछ ।





















