Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

देशको अर्थतन्त्र सुधार गर्न ‘काठमाडाैं बिजनेश एक्स्पो’ कोसेढुङ्गा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ‘व्यापार व्यवसायको उत्थान, कला–संस्कृति र पर्यटन प्रवद्र्धन, समृद्ध काठमाडौं हाम्रो अभियान’ भन्ने नाराका साथ देशकै ठूलो प्रदर्शनीस्थल भृकुटीमण्डपमा काठमाडौं महानगरपालिका र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको सहकार्यमा पहिलो पटक ‘काठमाडौं बिजनेश एक्स्पो’ सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकालाई अर्थतन्त्रकै केन्द्रविन्दु मानिन्छ । त्यसैले समग्र देशको अर्थतन्त्रलाई सुधार गर्नका लागि ‘काठमाडाैं बिजनेश एक्स्पो कोसेढुङ्गा सावित भएको बताइएको छ । आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो । यस महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ ।

यो मेलाको विशेष आकर्षणको रूपमा काठमाडौं जिल्लाका स्थानीय निकाय, यही महानगरपालिका र नगरपालिकाहरूबाट स्वरोजगारका लागि प्रदान गरिएको महिला उद्यमीलक्षित सीपयुक्त तालिम प्राप्त गरेका उद्योगीहरूको उत्पादन रहेका छन् । एक वडा एक उत्पादन कार्यक्रम र सिपमूलक तालिम लिएर उत्पादित वस्तुमध्ये प्रत्येक वडाका उत्कृष्ट उत्पादनका लागि बजार पहुँच यसको यस मेलाको लक्ष्य रहेको छ । मेलामा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका महिलाहरूले महानगरबाट सिप सिकेर स्थानीयस्तरमै निर्माण गरिएका उत्पादनहरूको स्टल रहेको छ । जसमा अचार, सिलाइ बुनाई, पोते, हस्तकलालगायतका विभिन्न स्टलहरू रहेको छ । त्यसैले यो महोत्सव केवल काठमाडौंलाई मात्र नभई सम्पूर्ण नेपाललाई उद्यमशीलता र संस्कृति उन्नतिको नयाँ मार्गमा अघि बढाउने विश्वास गरिएको आयोजकको भनाइ छ ।

काठमाडौं बिजनेस एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरूको अवलोकन गर्न सकिनेछ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायतका बहुआयामिक गतिविधिहरू सञ्चालन भइरहेको छ ।

बुधबार सुरू भएको एक्स्पो भोलि शनिबार चार दिनसम्म चल्नेछ । एक्स्पो काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले उद्घाटन गरेकी थिइन् ।

Health Tips Ad Road Block