काठमाडौं । बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगम लिमिटेड पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य लिटरमा १ रुपैयाँले घटाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट १५ जनवरी, २०२६ अर्थात् माघ ०१ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ३.९२ ले र डिजेलमा रु. १.३७ ले घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।
नयाँ निर्णय बिहान १ बजेदेखि लागू भइसकेको छ ।























