Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेपाल पे कार्ड नेटवर्कका लागि सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच NPS-National Card Switch  अन्तर्गत Domestic Card Scheme -NEPALPAY Card  को प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रानुसार NPS-National Card Switch लाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तर सञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।

सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

Health Tips Ad Road Block