काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो (Tiqmo) मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ । पुस २१ देखि चैत्र १७ सम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको आइएमईले जनाएको छ ।
टिक्मो एपमार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले BYD Atto1 EV प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना भाग्यशाली विजेताले YadeaOwin EV स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले iPhone 17 जित्न सक्ने कम्पनीले जनाएकाे छ । Tiqmo को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिनेछ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफूले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिँदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्र्याउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।
आइएमई लिमिटेडका बारेमा∶
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येकनेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
Tiqmoको बारेमा:
Tiqmo मुख्य तया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेषगरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर,डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी इत्यादि हुन् ।






















