skip this News Page Tips Ad Road Block

बैंकिङ्ग क्षेत्रमा ३६ वर्षको अनुभव हासिल गरेका रामेश्वर बस्याल सिद्धार्थ बैंकको सीईओ नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । पुस २५ देखि नै लागु हुनेगरी सञ्चालक समितिले बस्याललाई बैंकको सीईओ नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव आर्जन गरि सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए ।

उनले विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी अनुभव प्राप्त गरेका छन् । मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ्ग गर्नुपर्छ भन्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबूत हुने विश्वास लिएको छ ।

Health Tips Ad Road Block