काठमाडौं । एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा आज, त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
एनएमबि बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा साधारण सभा सम्पन्न गरिएको हो । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो भनाइ राख्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले हाल देशभरी २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।






















