Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीको घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् । नेपालको टोलीमा कप्तान पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा विश्वकपका लागि समावेश छन् ।

तेस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको नेपाल विश्वकपमा समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन् । नेपालले इङ्ल्याण्ड विरुद्ध माघ २५ गते पहिलो खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्ने भएको छ ।

कुल ५५ खेल हुने विश्वकपको फाइनल फागुन २४ गते हुनेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।

तस्विरः क्यान

Health Tips Ad Road Block