काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले दुईवटा सोलार प्रोजेक्ट बनाउने भएको छ । कम्पनी समेतको संलग्नतामा Special Purpose Vehicle (SPV) इन्टीग्रेटेड इनर्जी एण्ड इन्डष्ट्रियल इन्टरप्राइजेज प्रालिले मधेश प्रदेश, धनुषा जिल्लाको मिथिला नगरपालिकामा सौर्य उर्जाबाट ३०,००० किलोवाट अर्थात् ३० मेगावाट क्षमताको ढल्केवर–२ सौर्य उर्जा आयोजना अगाडि बढाएको जनाएको छ ।
त्यस्तै दीखो Special Purpose Vehicle (SPV) मिथिला सोलार इनर्जी प्रालिले मधेश प्रदेश सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा सौर्य उर्जाबाट १०,००० किलोवाट अर्थात् १० मेगावाट क्षमताको हरिपुर सौर्य उर्जा आयोजना अगाडि बढाएको कम्पनीले जनाएको छ ।
यी दुई आयोजनाहरुको लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता (पिपिए) सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।






















