Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

केपी ओलीमाथि लगाइएको स्थानहद फुकुवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थानहद फुकुवा गरिएको जानकारी दिएका छन् ।

आयोगको टोली बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमै पुगेको थियो । आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाएका थिए ।

Health Tips Ad Road Block