काठमाडाैं । काठमाडौं महानगरपालिका ४ बालुवाटारस्थित रहेको स्टाेर्म नेटवर्क प्रालिको रु.४८ लाख ७२ हजार ६२० र ईको भ्याली प्रालिको रु.८ लाख ५८ हजार ५४१ चोरी गर्ने व्यक्ति पक्राउ परेकाे छ । काठमाडौं महानगरपालिका २ खुर्सानीटार बस्ने वर्ष २४ को दुर्गा बहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हाे । पुस १२ गते राति चोरी गरी फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
उनको साथबाट नगद रकम रु.६५ लाख १७ हजार १४० सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट १५ थान, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो गरी २८ थान, चाँदीजस्तो देखिने सेतो धातु १ थान, डेल कम्पनीको ल्यापटप १ थान बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।





















