skip this News Page Tips Ad Road Block

मेटलाइफ नेपालबाट भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख योगदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मेटलाइफ नेपालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख योगदान गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त सहयोग गरेको हो ।

उक्त सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले बिहीबार अर्थमन्त्री रामेश्वर खनाललाई गराए । कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिएका छन् ।

साथै आजको मितिसम्म उक्त कोषमा १२ करोड ३३ लाख ६५ हजार जम्मा भएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

Health Tips Ad Road Block