Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बाढीले क्षतिग्रस्त रसुवागढी नाका पुनः सञ्चालनमा

Citizenlife ad 2082 falgun to baishak 2083

रसुवा । गत असार २४ गते आएको बाढीका कारण संरचना क्षतिग्रस्त भएपछि करिब छ महिना ठप्प बनेको नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि नाका पुनः सञ्चालनमा आएको हो ।

रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार केरुङतर्फको आवतजावत सुरु भएको छ । नेपाल–चीन सीमामा ल्हेन्देखोलामा निर्माणाधीन बेलिब्रिजको प्राविधिक जाँच सफल भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने निर्णय गरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

त्यस दिनदेखि मालवाहक सवारीसाधन तथा व्यापारीलाई नाकाबाट आवागमनको अनुमति दिइने बताइएको छ । चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ ।

Health Tips Ad Road Block