Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल लाइफको म्युचुअल फण्डले धितोपत्रबोर्डबाट पायो स्वीकृति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । कोष प्रवर्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “ नेपाल लाइफ समृद्धि लगानी योजना नामक सामूहिक लगानी कोष सेबोनद्वारा स्वीकृत भएकाे छ । कोष  प्रवर्धक  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको “नेपाल लाइफ समृद्धि लगानी योजना (Nepal Life Samriddhi Lagani Yojana)  नामक सामूहिक लगानी कोषले आफ्ना इकाईहरु बिक्रीमा ल्याउने भएको हाे । नेपाल धितोपत्र बोर्डबाट आईतबार  प्रति इकाई अंकित मूल्य रु. १० दरको १६ करोड इकाईले हुन आउने कुल १ अर्ब ६० करोड रकम बराबरको फण्ड जारी गर्न अनुमति प्राप्त भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ । निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपाल लिमिटेडबाट कोष प्रबद्र्घको लागि रेटिङ्ग  प्राप्त गरेको र योजना व्यवस्थापकको लागि  प्राप्त गरेको छ ।

फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा निष्काशन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ ।

योजना व्यवस्थापकद्घारा सम्पूर्ण प्रक्रियाहरु सम्पन्न गरी चाँडै नै सर्वसाधारणहरुको लागि इकाईहरु बिक्रीमा ल्याउने जानकारी पनि दिएको छ ।

Health Tips Ad Road Block