skip this News Page Tips Ad Road Block

एमाले सचिवालयको बैठक भोलिः समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर भोलि बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिए । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आज प्रधानमन्त्रीले शिर्ष तीन दलका नेतासँग गरेको छलफलका बारेमा पनि अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकमा जानकारी गराउने कार्यसूची छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलि पुस १३ गते समानुपातिक उम्मेद्वारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ । जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर पार्टी अध्यक्ष र महासचिव सहितका नेताहरुले ति नामको छोटो सूची तयार गरेका छन् । भोलिको बैठकमा विभिन्न नेताहरुले दिएको सुझावका आधारमा समानुपातिकको अन्तिम नामावली तयार गरेर भोलि नै निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

Health Tips Ad Road Block