काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ ।
बैंकको पुस ७ गते सोमबार बसेको संचालक समितिको ४८७ औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।
सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय बैठकले गरेको हो ।





















