काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ ।
पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यसका साथै सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि बैठकले गरेको छ ।






















