कामाठाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनश शेयर मात्रै दिने भएको छ ।
वित्तीय संस्थाको पुस ४ गते बसेको सञ्चालक समितिको बैठक नं. २६२ बाट गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर तथा उक्त बोनस शेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गनर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।




















