Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल बैंकले लाभांश नदिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ । कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गरिएका वित्तीय विवरणहरुमा बैंकबाट कुनै संशोधन, सुझाव र निर्देशन प्राप्त भएमा सो समेत समावेश गरी आगामी वार्षिक साधारण सभामा पारित/स्वीकृतको लागि पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ ।

Health Tips Ad Road Block