काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको पुस ३ गते सम्पन्न बैठकले आफ्ना शेयरधनीहरूलाई आ.व. २०८१/८२ को खुद मुनाफाबाट चुक्ता पूँजीको ६% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको आगामी ३३औं वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीलाई वितरण गरिनेछ ।
कम्पनीको ३३औं वार्षिक साधारण सभा पुस २८ गते सोमबार कार्की ब्याङक्वेट बबरमहल, काठमाडौंमा बस्ने निर्णय सञ्चालक समितिले गरेको छ ।






















