Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआरएनए र एशिया इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानको सहकार्यमा एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रक्रिया सुरु

डिसेम्बर २३ सम्म आवेदन दिन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्रमा पर्याप्त जनशक्तिको कमीका कारण बिरामीले समयमै उपचार नपाएर जीवन गुमाउने जोखिम उच्च बन्दै गएको छ। विशेषतः देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भैरहेको देखिन्छ।

यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ र एशिया इन्टरनेशनल युनिभर्सिटी उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ।

विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको छ । आवेदनको अन्तिम मिति २३ डिसेम्बर २०२५ सम्म रहनेछ । परीक्षा चिकित्सा शिक्षा आयोग आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा सञ्चालन गरिने एनआरएनएले जनाएको छ।

छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ। छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइँ) विश्वविद्यालयले बेहोर्नेछ।

यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block