Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिपहरु मार्फत टेवा पु¥याउन अग्रसर कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यवस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्तर्गत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतीय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिँदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउनेछन् । त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतीय बस तथा माइक्रोबसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने छ । यसका लागि ऋणीहरुले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रोबस खरिद गर्नका लागि आवश्यक कागजातसहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यस योजनाअन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणीहरुको शुरुवाती पूँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।

विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएममार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Health Tips Ad Road Block