काठमाडौं । सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मितिमा चन्द्रागिरी नगरपालिका–६ मातातीर्थ, सोही नगरपालिका–१३ नैकाप, सोही नगरपालिका–७ घुमाउनेस्थित ठाउँहरूमा बाटोमा हिँडिरहेका पीडित महिलाहरूको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई तारकेश्वर नगरपालिका–५ पैंयाटारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ ।






















