Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एस्ट्रीम इनर्जी ड्रिङ्सले एनपीएलको फाइनल खेल निःशुल्क प्रर्दशन गर्ने, खेल हेर्न आउन समर्थकलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्रिकेट उत्साहलाई एस्ट्रीम इनर्जी ड्रिङ्क्सले महोत्सवको रुपमा मनाउने उद्देश्यले सुदुरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेल निःशुल्क प्रर्दशन गर्ने भएको छ । आजको फाइनल खेल धनगढीको जीएनजी मार्गस्थित पार्क मोड तथा बुटवलको ट्राफिक चोकमा एलईडी स्क्रिनमार्फत निःशुल्क प्रसारण गर्ने भएको छ ।

दर्शक तथा खेलप्रेमीहरूलाई आफ्नै प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई सामूहिक रूपमा समर्थन गर्न, हौसला थप्न तथा खेललाई स्थानीय उत्सवको रूपमा मनाउन प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले एस्ट्रीम इनर्जी ड्रिङ्क्सले फाइनल खेल प्रसारणको प्रवन्ध गरेको हो ।

फाइनल खेलको महत्वपूर्ण क्षण खेल समर्थकहरुलाई नजिकबाट अनुभूति होस् भन्ने उद्देश्यले दुवै स्थानमा उत्कृष्ट प्राविधिक व्यवस्था सहित एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरेकोले आफ्नो प्रदेश र मनपर्ने टिमको समर्थनलाई महोत्सवको रुपमा भव्य बनाउन सहयोग गर्ने विश्वास एस्ट्रीम इनर्जी ड्रिङ्सले लिएको छ ।

एस्ट्रीम इनर्जी ड्रिङ्सले सबै खेलप्रेमी परिवार तथा युवाहरूलाई आफ्नो मनपर्ने टोलीलाई ऊर्जा, उत्साह र एकताको भावनासहित समर्थकलाई उपस्थित हुन आग्रह गरेको छ ।

 

Health Tips Ad Road Block