काठमाडौं । नयाँ सरकारमा चार मन्त्री थपिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गत भदौ २ठ गते गठित हालको सरकारमा चारजना मन्त्री थपिएका हुन् ।
यो सँगै मन्त्रिपरिषदको संख्या १३ पुगेको छ ।
नवनियुक्त चारजनै मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ लिएका छन् । थपिएका मन्त्रीहरुमा कुमार इङ्नाम, मन्त्री,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, राजेन्द्रसिंह भण्डारी, मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, माधवप्रसाद चौलागाई, मन्त्री, वन तथा वातावरण र श्रद्धा श्रेष्ठ, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक रहेका छन् ।
नेपालको संविधानको धारा ८० बमोजिम उनीहरुले राष्ट्रपति पौडेलसमक्ष मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरुले आजै पदभार ग्रहण गरेका छन् ।
तस्विरः राष्ट्रपतिको कार्यालय

















