Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपीएल सिजन–२ काे फाइनलमा सुदूरपश्चिम र लुम्बिनीबीच भिडन्त हुने, विराटनगर बाहिरियो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विराटनगर किङ्गसलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै यसपाली सुदूरपश्चिम रोयल्स र लुम्बिनीबीच फाइनल भिडन्त शनिबार हुने भएको छ ।

आजको खेलमा जितका लागि एक सय ३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाए । नरेन भट्टले २१, मर्सेन्ट डी लन्जले १७ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न बलिङमा लुम्बिनीका तिलक भण्डारीले तीन विकेट लिए । रुवेन टम्पलम्यान र अविशेष गौतमले दुई/दुई विकेट र शेर मल्लले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि डी आर्की सटले ४५ रन, कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले सात रन बनाए ।

बलिङमा विराटनगरका सुवास भण्डारी र प्रतिश जिसीले तीन/तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

तस्विरः एनपीएल

Health Tips Ad Road Block