Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लक्ष्यको ७७.४९ प्रतिशत राजश्व संकलन, कार्तिकसम्ममा ३ खर्ब २५ अर्ब उठ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाले सो जानकारी दिएको हो ।

सरकारले राजश्वको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब राखेको छ । त्यसमध्ये कार्तिक मसान्तसम्ममा ४ खर्ब २५ अर्ब २३ करोड उठाउने लक्ष्य लिइएको थियो । तर कार्तिक ३० सम्मको जम्मा सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड रहेको छ । यो लक्ष्यको ७७.४९ प्रतिशत हो ।

यता कार्तिक महिनाको लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड रहेको थियो । सो अनुसार कार्तिक महिनाको मात्रै संङ्कलन ७८ अर्ब ३३ करोड रहेको छ । यो लक्ष्यको ७५.४९ प्रतिशत हो । कार्तिक ३० गते एकदिनमा ३ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । कार्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड रहेको थियो । कार्तिक ३० गतेसम्मको जम्मा सङ्कलन ३ खर्ब २९ अर्ब २ करोड रहेको थियो भने कार्तिक महिनाको स‌ङ्कलन ७६ अर्ब रहेको थियो ।

Health Tips Ad Road Block