काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्षमा दिलिप कुमार अग्रवाल निर्वाचित भएका छन् । कार्तिक २९ गते सम्पन्न सोह्रौ वार्षिक साधारण सभा एवं छैठौं महाधिवेशनबाट अग्रवालको अध्यक्षतामा सातौं कार्यकालका (आगामि तिन बर्षको लागि) नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
महासंघको प्रथम उपाध्यक्षमा गोपाल अग्रवाल, द्धितीय उपाध्यक्षमा लेखनाथ सापकोटा, तृतीय उपाध्यक्षमा प्रकाश चन्द्र पाण्डे, महासचिवमा शंकर देवकोटा, कोषाध्यक्षमा राजेश गौतम, सचिवमा लोकनाथ पोखरेल र सह–कोषाध्यक्षमा शंकर प्रसाद पोख्रेल निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा ओम प्रसाद चालिसे, सरोज कुमार रेग्मी, कृष्ण प्रसाद कुइँकेल, राजेन्द्र पौड्याल, प्रभाकर पुरी, सुजन अधिकारी, डोलराम न्यौपाने, चन्द्रमणि देवकोटा (कोशी प्रदेश), प्रेम कुमार ठाकुर (मधेश प्रदेश), दिवेश कुमार जैन (वागमती प्रदेश) र दिपक पौडेल (लुम्बिनी प्रदेश) निर्वाचित भएको महासचिव शंकर देवकोटाले जानकारी दिएका छन् ।






















