Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तीन महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स, असोज महिनामै भित्रियो २ खर्ब

यस्तो छ प्रमुख झलक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याँकअनुसार २०८२ असोज महिनाको मात्रै विप्रेषण आप्रवाह रु.२ खर्ब ०१ अर्ब २२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.६१० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४४३ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,२३,४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७,२५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,१०,६५४ र ५९,९३९ रहेको थियो ।

यस्तो छ प्रमुख झलक

 

Health Tips Ad Road Block