बिर्तामोड, १५ नोभेम्बर २०२५ -डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा. लि. विर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो। साथै यसले ग्राहकहरूको आवश्यकता पूरा गर्ने उद्देश्यलाई पनि बलियो बनाएको छ।
उद्घाटन कार्यक्रममा झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य बलराम थापा, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
विर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्जिङ अनुभव प्रदान गर्ने बताइएकाे छ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहने कम्पनीले बताएकाे छ। बिर्तामोड शोरूम उद्घाटनसँगै एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको दाबी गरेकाे छ।
बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिर गतेसम्म बिर्तामोड, चारपानेमा अवस्थित डोङ्गफेङ्ग नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प पनि आयोजना गरेको छ। यस अवधिमा ग्राहकहरूले नामी 01, नामी भिगो तथा सेरेस ईभी खरीद वा एक्सचेन्ज गर्न सक्नेछन्। यस कार्यक्रममा नामी 01विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा र सेरेस 3अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध हुने कम्पनीले जनाएकाे छ। ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन र एक्सचेन्ज बोनस प्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभमा उपहार पनि पाउने कम्पनीकाे भनाइ छ।






















