काठमाडौं । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
संस्थाको १७८ औँ सञ्चालक समितिको बैठकले ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई दिइनेछ ।






















