Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आजबाट पेट्रोल र डिजेलको मूल्य बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज बिहानदेखि बजारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट नोभेम्बर १५ मा अर्थात् कार्तिक २९ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य बढाइएको नेपाल आयल निगमले स्पष्ट पारेको छ । आज बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा रु. २ र डिजेल/मट्टितेलमा रु. ३ ले बढाएको निगमले जनाएको छ ।

आइओसीबाट प्रतिलिटर पेट्रोलमा रु. २.५४ ले र डिजेलमा रु. ६.५३ ले बढेर आएता पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिले कम दरमा बढाएको स्पष्ट पारेको छ ।

नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपयलमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल/मट्टितेलको १४७ रुपैयाँ पर्दछ ।

Health Tips Ad Road Block