Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निलकण्ठ ढकालको संयोजकत्वमा नेपाल वितरक संघ काठमाडौं पूर्व क्षेत्रीय समिति

सामूहिक दुर्घटना बीमामा आबद्द हुन सबै वितरकहरुलाई आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल वितरक संघ काठमाडौं पूर्व क्षेत्रीय समितिको चौथो अधिवेशन २०८२ ले निलकण्ठ ढकालको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । समितिको शनिबार सम्पन्न अधिवेशनले उपसंयोजकमा प्रविण कुमार कर्माचार्य चयन भएका छन् । पूर्व क्षेत्रीय समितिको सचिवमा सुबोध कुमार झा, सदस्यहरुमा शिव कुमार चौलागाईं, हरिशरण मैनाली, श्याम शर्मा, प्रभात नायक, पारश मणि आचार्य, राजन निरौला, पुरुषोत्तम दाहाल, जय आचार्य, अमृता सिंह र सुजन लामिछाने चयन भएका छन् ।

नेपाल वितरक संघ काठमाडौं पूर्व क्षेत्रीय समितिको वस्तुगत उप समिति–२०८२ पनि शनिबार नै सर्वसम्मतरुपमा चयन गरिएको छ । समितिको खाद्य वस्तुगत उपसमिति संयोजकमा श्याम शर्मा चयन भएका छन् । उपसमितिको सदस्यहरुमा कमल गौतम, सन्तोष सुवेदी, अशोक गुप्ता, मणि फुँयाल, अभिनय ढुङ्गाना र उज्ज्वल घिमिरे सर्वसम्मतरुपमा चयन भएका छन् ।

कस्मेटिक तथा अखाद्य किराना वस्तुगत उपसमिति संयोजकमा हरिशरण मैनाली चयन भएका छन् । उपसमिति सदस्यहरुमा विदुर आचार्य, विनोद दाहाल, श्याम गिरि, विष्णु कँडेल, किरण भट्टराई, राजु बस्याल, राज कुमार कँडेल, इस्रत अन्सारी, दिनेश नेपाल र तुलसी खतिवडा चयन भएका छन् ।

त्यसैगरी हल्का पेय पदार्थ तथा मदिराजन्य वस्तुगत उपसमिति संयोजकमा शिव कुमार चौलागाईँ चयन भएका छन् । सदस्यहरुमा अच्युत उप्रेती, लेखनाथ थपलिया, देव नारायण चौलागाईँ र प्रविण श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनले सल्लाह‌कार समिति पनि गठन गरेको छ । सल्लाहकार समिति संयोजकमा विश्वमणि रेग्मी चयन भएका छन् । सल्लाहकार समिति सदस्यहरुमा रमेश नेमाफुकी र कमल बराल चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीले एकताबद्ध वितरक संघ आफ्नो इच्छा रहेको बताए । उनले सदस्यहरुको मूलभूत आवश्यकता परिपूर्ति गर्न संघले काम गर्ने बताए । अध्यक्ष मैनालीले सामूहिक दुर्घटना बीमामा आबद्द हुन सबै वितरकहरुलाई आग्रह गरे । वितरकहरुका लागि विभिन्न तालिम उपलब्ध गराउने उद्घोष गर्दै उनले वितरकका क्षमता विकासमा संघले काम गर्ने बताए । सदस्यको समस्या समाधान गर्न आफू तयार रहेको भन्दै उनले सदस्यहरुका हितका लागि सञ्चालित जुनसुकै कार्यक्रममा उपस्थित हुन आग्रह गरे ।

अधिवेशनमा पूर्व अध्यक्ष दुर्गाराज श्रेष्ठ, पूर्व अध्यक्ष राजेन्द्र सिंखडा, पूर्व अध्यक्ष एसपी ढकाल, वरिष्ठ उपाध्यक्ष नवराज ढकाल, उपाध्यक्ष केशव प्रसाद मैनाली लगायतले शुभकामना दिँदै पारदर्शी र व्यवस्थित कारोबारमा लाग्न सबैलाई आग्रह गरे । सदस्यको हक र हितमा आफूहरु सदैव लाग्ने उनीहरुले बताए ।

 

Health Tips Ad Road Block