Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

त्रिविमा निर्माण कार्य विथोल्नेमाथि कारवाही गर्न कीर्तिपुर निर्माण व्यवसायी संघको माग, माग सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिवि परिसर किर्तिपुरमा विभिन्न विविध संघ/संगठनको नाममा विभिन्न व्यक्तिहरूले निर्माण व्यवसीहरूलाई डर, त्रास देखाइ निर्माण कार्यमा अवरोध सिर्जना गरेकोप्रति कीर्तिपुर निर्माण व्यवसायी संघले कडा आपत्ति जनाएको छ । संघले सोमवार विहान त्रि.विका उपकुलपति प्रा.डा. दीपक अर्याललाई ज्ञापन पत्र बुझाउँदै त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा आह्वान भएको बोलपत्र बमोजिम चमेना गृह भवनको निर्माण सम्बन्धी कार्य भइरहँदा विभिन्न समूहबाट निर्माण कार्य बिथाल्ने कार्य भएको भन्दै आपत्ति जनाएको हो ।

निर्माण व्यवसायीहरूलाई डर, त्रास देखाई निर्माण कार्यमा अवरोध सिर्जना गर्नेलाई तत्काल कडा कारवाही गरी निर्माण कार्य सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन संघले ज्ञापन पत्र मार्फत माग गरेको छ ।

‘त्रिवि स्थापनाकालदेखि योगदान गरेका कीर्तिपुरवासीलाई हरेक संरचना निर्माणमा पहिलो प्राथमिकतामा राख्ने भनी विगतको सम्झौतालाई कार्यान्वयन गराउन पनि स्मरण गराउन चाहन्छौं’ ज्ञापन पत्रमा भनिएको छ ।

आफूहरूको मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी पनि संघले दिएको छ ।

Health Tips Ad Road Block