काठमाडौं । पुनः नेपाली बजारमा सुनको मूल्य उकालो लाग्नेक्रमले निरन्तरता पाएको छ । आज सुनको मूल्य २९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । हिजो २ लाख ३८ हजार ६ सय रुपैयाँ प्रतितोलामा सुनको किनबेच भएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ३०६५ रुपैयाँमा पुगेको छ ।





















