skip this News Page Tips Ad Road Block

राजनीतिक र प्रशासनिक नेतृत्वबीचको सहकार्यले मात्र विकास सम्भवः मुख्यमन्त्री शाह

Citizenlife ad 2082 falgun to baishak 2083

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक र प्रशासनिक नेतृत्व बीचको सहकार्यले मात्र विकास सम्भव रहेको बताएका छन् । आइतबार दार्चुलामा आयोजित दार्चुला जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘कार्यालय–कार्यालय र निकाय–निकायबीचको समन्वय प्रगाड हुनुपर्छ,’ मुख्यमन्त्री शाहले भने, ‘सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि समन्वय र सहकार्य अपरिहार्य छ।’

‘चुनावताका बेला हामीले जनतालाई गरेका वाचा अनुसार विकास नभएको तितो यथार्थलाई स्विकार्दै तपाईं सबै सच्चिन जरुरी रहेको र जेन्जी आन्दोलनको मर्म यहि हो,’ मुख्यमन्त्री शाहले भने । ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि यो मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने जुन दुविधा थियो, त्यो दुविधा चिर्नका लागि म सम्पूर्ण क्षेत्रमा उपस्थित भएको हुँ,’ मुख्यमन्त्री शाहले भने, ‘यो टुरका लागि टुर होइन, अर्थपूर्ण संवादको सुरुवात हो।’

Health Tips Ad Road Block