Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले तल्लो हेवाखोला ‘ए’ मा ९८ करोड १७ लाख लगानी गर्ने, भयो सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा ६.८४८ मेगावाट क्षमताको तल्लो हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी पाँच खपन हाइड्रोपावर प्रालि र बैंकहरुबीचमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको छ ।

१ अर्ब ४० करोड २५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी रहने छ । सम्झौताअनुरुप सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८.१७ करोड ऋण लगानी गर्नेछन् । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट अमित श्रेष्ठ, सहायक वित्तीय संस्था राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट दामोदर ज्ञवाली र पाँच खपन हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष वसन्तकुमार तामाङले हस्ताक्षर गरेका छन् ।

२०८३ चैतमा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली ३३ के.भी क्षमताको वानेश्वर सवस्टेशनमा जोडिने छ । सम्झौतापछि कम्पनीका अध्यक्ष तामाङले सबैको विश्वासलाई आत्मासाथ गर्दै आयोजना निर्धारित समय सिमा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कम्पनीले संखुवासभाको पाँच खपन नगरपालिका अन्तर्गत बहने हेवाखोलाको पानी प्रयोग गरि ६.८४८ मेगावाट क्षमताको तल्लो हेवाखोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्दैछ ।

Health Tips Ad Road Block