Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्माण कार्य विथोल्ने रवैयाप्रति काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको कडा आपत्ति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । त्रिवि परिसर किर्तिपुरमा विद्यार्थीहरूको हुलहुज्जतले निर्माण कार्यस्थलमा प्रवेश गरी निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी एवं श्रमिकहरूप्रति र्दुव्यवहार गर्दै निर्माण सामाग्रीहरू समेत फाल्ने कार्य गरेकोमा काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले कडा आपत्ति जनाएको छ । संघका महासचिव पञ्चबहादुर तामाङ (विजय) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार त्रिवि रजिष्ट्रारको कार्यालयद्वारा आह्वान भएको बोलपत्र बमोजिम चमेना गृह भवनको निर्माणसम्बन्धी कार्य भइरहँदा विद्यार्थीहरूबाट यही कात्तिक १७ गते निर्माण श्रमिकहरूमाथि दुर्व्यवहार भएको हो ।

पचली भैरव एण्ड मनकामना निर्माण सेवा प्रालिबाट भइरहेको काम विथाल्ने गरी भएको यस किसिमको हर्कतले निर्माण स्थलको वातावरण विथोल्ने र निर्माण व्यवसायीलाई आतंकित पार्ने काम भएको विज्ञप्तिमा उल्लेख छ । संघले विज्ञप्तीमार्फत् निर्माण व्यवसायी तथा श्रमीकहरूको जिउधनका सुरक्षा गर्न जोडदार माग गरेको छ ।

‘निर्माण व्यवसायीले कबोल गरेको निर्माण कार्य सम्बन्धित कार्यालयसँग समन्वय गरी यथाशक्य छिटो भन्दा छिटो निर्माण कार्य शुरुवात गर्ने वातावरण सिर्जना गर्न र विकास विरोधी तत्वलाई तत्काल कार्वाही गरी कानूनी दायरमा लि संघ जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

Health Tips Ad Road Block