Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालबाट पहिलोपटक करिब ५५ लाखको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

Citizenlife ad 2082 falgun to baishak 2083

रुपन्देही। रुपन्देहीस्थित फूड च्वाइस फुड्स प्रालिले उत्पादन गरेको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलोपटक संयुक्त राज्य अमेरिका निर्यात भएको छ । भैरहवा भन्सार कार्यालयमार्फत अमेरिकास्थित जेन्टको एलएलसीलाई पठाइएको यो निर्यातको कुल मूल्य ५४ लाख ८८ हजार १ सय ५८ रुपैयाँ रहेको छ ।

भन्सार कार्यालयले दिएको जानकारी अनुसार कुल दुई कन्टेनरमा ४३ हजार ५ सय २० किलोग्राम ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात भएको हो । भैरहवा भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालमा उत्पादित खाद्य वस्तुले अमेरिकाजस्तो अत्याधिक प्रतिस्पर्धात्मक बजारमा प्रवेश पाएकोमा खुसी व्यक्त गरिएको छ । यस निर्यातबाट नेपाली उद्योगको विकास, वैदेशिक मुद्रा आर्जन र उद्यमशीलता निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास भन्सार कार्यालयको छ । अमेरिकी बजारमा नेपाली ‘फ्रोजन फ्रेन्च फ्राइज’ को यो प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरूको विश्वबजार विस्तारको ढोका खोल्ने विश्वास पनि कार्यालयले गरेको छ ।

भैरहवा भन्सार कार्यालयले निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिवद्ध रहेको जनाएको छ । साथै, निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानेतर्फ प्राथमिकतामा रहने प्रतिबद्धतासमेत जनाएको छ ।

Health Tips Ad Road Block