काठमाडौं । आइतबार सुनको मूल्य केही बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ३०५५ रुपैयाँ रहेको छ ।






















