काठमाडौं । केही दिनयता काठमाडौंको फोहर उठ्न छाडेपछि कुलमान घिसिङ बन्चरेडाँडा ल्याण्डफिल्ड साइट पुगेका छन् ।
शहरी विकास मन्त्री रहेका उनले काठमाडौं उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गर्न पुगेका हुन् ।
उनले त्यहाँ आवश्यक छलफल गरी समस्याको समाधान निकाल्ने आशा गरिएको छ ।
फोहोर व्यवस्थापनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाले घरबाहिर फोहर ननिकाल्न सूचना जारी गरेको छ ।





















