Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बंगलादेशको टुरिजम फेयरमा नेपालले प्रस्तुत गर्‍यो ‘जीवनभर सम्झनलायक अनुभव’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालले बंगलादेशको ढाकामा सम्पन्‍न भएको तीनदिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव प्रस्तुत गरेको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्त्वयबारे विस्तृत प्रस्तुती दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारि गराएका छन् । त्यसैगरी बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बंगलादेशबीचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबीचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।

टुअर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एमडी रफेउज्जामान र निर्देशक एमडी तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका छन् । कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्‍वास गरिएको छ ।

औपचारिक कार्यक्रमपछि नेपाल र बंगलादेशका पर्यटन व्यवसायीबीच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ्ग सत्रसमेत भएको थियो । साथै कार्यक्रमकै क्रममा ुराफल ड्रु आयोजना गरी विशेष ‘होलिडे प्याकेज’हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा १०० भन्दा बढी बंगलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए ।

बंगलादेशको सबैभन्दा ठूलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपालल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) सहित नेपालका १० पर्यटन व्यवसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटल प्रतिनिधिहरू समावेश थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बंगलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।

यस अन्तर्राष्ट्रिय मञ्‍चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई “जीवनभरको अनुभवको गन्तव्य”का रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण अवसर प्रदान गरेको बताइएको छ ।

Health Tips Ad Road Block