skip this News Page Tips Ad Road Block

आज सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आज सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल हुने तय भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ तथा प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेको उनको सचिवालयले बताएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित हुनेछन् ।

Health Tips Ad Road Block