Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको आयुर्वेद सेवा वार्षिक समीक्षा गोष्ठी सम्पन्न 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आव २०८१/०८२ को आयुर्वेद सेवा कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको प्रमुख आतिथ्यतामा नेपाल आयुर्वेद चिकित्सा परिषदका अध्यक्ष, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक, आयुर्वेद क्याम्पस प्रमुखको उपस्थितिमा सम्पन्न भएको हो ।

त्यसैगरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महाशाखा/शाखा प्रमुख र कर्मचारीहरु, स्वास्थ्य सेवा विभाग, सात वटै प्रदेशका सामाजिक विकास मन्त्राल/स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वर्ण विन्दु प्राशन लागु भएका आयुर्वेद स्वास्थ्य संस्था र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विषय विज्ञहरुको उपस्थिति गोष्ठीमा रहेको थियो ।

विभागले भनेको छ, ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आ.व.२०८१/०८२ को आयुर्वेद सेवा कार्यक्रमहरुको वार्षिक समीक्षा गोष्ठी मिति २०८२/०७/१४ र १५ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुमा सम्पन्न गरएको छ । साथै उक्त समिक्षा गोष्ठीले गत आ.व.को समीक्षा कार्यक्रमको सुझाव तथा आगामी आ.व. मा गरिने कार्यक्रमहरुको लागि मार्ग दर्शन समित छलफल गरि समिक्षा गोष्ठी सम्पन्न गरियो ।’

Health Tips Ad Road Block